आजको समयमा हरेक Blockchain हरुको दौड Scalability, interoperability, Community Governance र Fork-less Upgradeability को लागि भईरहेको छ। Polkadot यस्तै एउटा blockchain प्रोजेक्ट हो जसमा यी सबै गुणहरु छन्। के Polkadot साच्चै भनेजस्तै गतिलो छ ? आज हामी यस्कै कुरा गर्नेछौं।
सुरुवात
Polkadot को whitepaper Gavin Wood ले २०१६ मा प्रकाशित गरेका थिए। उनी Ethereum का founder हुन् जसले Solidity programming भाषा बनाएका थिए । २०१७ मा Gavin Wood को Parity कम्पनी र Web3 Foundation मिलेर एउटा ICO गरियो जसबाट उनीहरुले १४५ मिलियन अमेरिकी डलर उठाएका थिए। तर ९० मिलिओन डलर जति multi-sig wallet को गडबडीबाट हराउन पुगेको थियो। यस्तो नराम्रो सुरुवात हुँदा हुदै पनि उनीहरुले फेरी investor बाट २ पटक पैसा उठाउन सफल भए – कारण थियो Polkadot को technology
Polkadot को Technology
Polkadot “substrate” blockchain को framework मा बनेको Technology हो। यसमा Sharding को प्रयोगले लेनदेनको रेकर्ड एकदम छिटो हुन्छ। Substrate framework मा अरु blockchain पनि बनाउन सजिलै सकिन्छ जुन Polkadot संग interact गर्न सक्छ। यसलाई Parachain भनिन्छ। Bitcoin , Ethereum संग पनि Polkadot interact गर्न सक्छ Bridges को माध्यमले। यी सबै Parachain , Bridges लाई Relay Chain ले सुरक्षित बनाएर जोड्छ । यो नै Polkadot को पुरा सिस्टम हो।

Polkadot को GRANDPA / BABE
Consensus को लागि Polkadot ले एकदमै नयाँ Protocol प्रयोग गरेकोछ जसलाई GRANDPA / BABE (GHOST-based Recursive ANcestor Deriving Prefix Agreemen / Blind Assignment for Blockchain Extension) भनिन्छ। GRANDPA / BABE वारे हामी अर्को अंकमा लेखौंला तर यसवारे जान्न मन लागे यहाँ पढ्न सकिन्छ। Polkadot Consensus को कुरा गर्दा ४ वटा कुरा बुझ्न जरुरी छ – “Nominator”, “Validator”, “Collator” र “Fisherman”। तलको चित्रमा यसवारे प्रष्टैएको छ।

Polkadot को Community Governance र Fork-less Upgradeability
Polkadot मा केही परिबर्तन गर्नु परेमा DOT टोकन हुने सबैले भोट हाल्न पाहिन्छ। Council member र Technical Committee पनि हुन्छन जसले गलत वा आपतकालीन कुराहरुको निर्णयको गर्छन्। Polkadot मा भएका अरु blockchain लाई आफ्नै Governance बनाउने स्वतन्त्रता हुन्छ र यसरी fork गरेर नयाँ blockchain बनाउन जरुरी हुदैन।

Polkadot को मूल्य
अहिले १ बिलियन (१,०००,०००,०००) DOT टोकन छन् र एउटा DOT को मूल्य लगभग ५ अमेरिकी डलर छ। Staking , Bonding , Governance र Network Fees को लागि DOT प्रयोग हुन्छ।
यसरी हेर्दा Polkadot साच्चिकै नयाँ र गजबको छ। तपाईलाई कस्तो लाग्यो Polkadot? कमेन्टमा लेख्नु होला !