अघिल्लो लेखमा “के पैसा रुखमा फल्छ ?” शीर्षकबाट हामीले पैसाको छलफल सुरु गरेका थियौं। यस लेखमा आज भोलि हाम्रो खल्तीमा वा बैंकमा हुने पैसाको बारे बिर्स्तृत रुपमा कुरा गर्नेछौ।
आजभोलि पैसा तीन तरिकाले बन्छ। पहिलो तरिका हो : सरकारले बनाउने मुद्रा र नोट (coin and bank note)। यस प्रकारको पैसा बनाउन सरकारले राष्ट्र बैंकलाई अनुमति दिएको हुन्छ तर यसको नियन्त्रण सरकारले नै गर्छ। १००० रुपियाँको नोट बनाउन सरकारले ३ रुपियाँ जति खर्च गर्छ र बाँकी रहेको ९९७ रुपियाँ मुनाफाको रुपमा आन्तरिक राजस्व विभागको खातामा जान्छ। यस मुनाफालाई राज्यको ऋण घटाउन र करदाताहरुलाई राहत दिन प्रयोग गरिन्छ। राष्ट्र बैंकले अन्य बैंकहरुलाई यही पैसा वितरण गर्छ जुन हामीले बैंक र बैंकको ATM बाट निकाल्छौं। यसो भए किन सरकारले जति पनि पैसा प्रिन्ट नगर्ने त ? धेरै पैसा प्रिन्ट गरेर राजस्वको खाता किन नबढाउने ? सरकारले यसो नगर्नुको पछाडी २ कारणहरु छन्। पहिलो कारण – सरकारमा आउने पार्टीलाई जथाभाबी खर्च गर्न नदिन र दोस्रो कारण – मुद्रास्फीति (Inflation) हुन नदिन। पैसाको मूल्य पैसाको मात्रा/आपूर्तिमा भर पर्छ – धेरै पैसा प्रिन्ट गरेमा पैसाको मूल्य घट्छ किनकि पैसाको ६ गुणमध्ये पाँचौमा विरलै भेटिने वस्तुको बडी मूल्य हुन्छ भनेर हामीले भनेका थियौं। यसरी ३% देखि ८% पैसा बन्दछ।
दोस्रो पैसा बन्ने तरिका हो – बैंक ऋण र बैंकको डिजिटल पैसा । बैंकले लोन दिंदा प्रत्येक पटक नयाँ पैसा बनाउछ। यसरी राष्ट्रिय अर्थतन्त्रको ९७% पैसा बन्दछ । बैंकले लोन दिंदा बैंकमा भएको वा अर्कोले त्यस बैंकमा बचत गरेको पैसा दिने होइन। जस्तै घर-जग्गा को लेन-देनमा बैंकले १ करोडको लोन दिंदा १ करोडको नयाँ डिजिटल पैसा आफ्नो खातामा बनाउछ, किन्नेले १ करोडको लोन लिन्छ बैंकलाई १ करोड सहित ब्याज तिर्ने सम्झौतामा र बेच्नेले पैसा पाउछ अन्य वस्तुहरु किन्नको लागि । जब यो १ करोडको लोन तिरिन्छ, ऋण गायब हुन्छ, बैंकको खाताबाट त्यो १ करोड पनि गायब हुन्छ र बाँकी रहन्छ केवल ब्याज – बैंकको मुनाफाको रुपमा। अर्को कुरा जब हामीले बैंकमा १०० रुपैयाँ हाम्रो खातामा राख्छौं, त्यो १०० रुपियाँको अधिकार हाम्रो नभई बैंकको हुन्छ – बैंकले त्यस १०० रुपियाँको ९० रुपैयाँ सम्म लोन दिन सक्छ। यसको अर्थ १०० रुपैयाँ खातामा राख्दा, बैंकले १० रुपियाँ मात्रा राखेर ९० रुपैयाँ अरुलाई ब्याजमा दिन सक्छ। यसलाई Fractional Reserve Lending भनिन्छ। यसरी लगभग ९७% पैसाको अर्थतन्त्र चल्छ।

अन्तिम र तेस्रो पैसा बन्ने तरिका हो – सेन्ट्रल बैंक (नेपाल राष्ट्र बैंक)। जब आर्थिक मन्दी लाग्छ वा अकल्पनीय घटना घट्छ, राष्ट्रको अर्थतन्त्र बचाउन नेपाल राष्ट्र बैंकले Unlimited पैसा बनाउछ। जस्तै बैंकले हरेक १०० रुपियाँ को ९० रुपैयाँ अरुलाई ब्याजमा दिंदा र लोनबाट नयाँ पैसा बनाउँदा – यो एक प्रकारको जुवा जस्तै हो बैंकले खेल्ने। लोन तिर्न नसक्दा वा आर्थिक मन्दी लाग्दा बैंक तथा ठुला ब्यापारीहरु डुब्छन्। Central बैंकले यसरी बनाएको पैसा Bond र stocks किनेर बैंक र ब्यापारीहरुलाई बचाउछन्। यसरी अर्थतन्त्रमा नयाँ पैसा circulate हुन्छ जसबाट बजारमा वस्तुहरुको मूल्य बढ्छ तर आर्थिक विकास भने घटेको हुन्छ । धनीहरु यसै कारण झन् धनी हुन्छन् र गरीबहरु झन् गरीब हुन्छन् ।
यदि सरकार र राष्ट्र बैंकले यसरी नै पैसा बनाउछन् भने जनताले किन कर तिर्छन् ? यदि सरकार र राष्ट्र बैंकले आर्थिक मन्दी वा कोरोना भाइरस जस्ता जटिल अवस्थामा बैंक तथा ठुला ब्यापारीहरुलाई पैसा दिन्छन् र तिनका Bond र stocks किन्छन् भने जनताले किन कर तिर्छन् ? सोच्नुहोस यो कुरा – हामी अर्को लेखमा यही विषयमा कुरा गर्छौं – सन्धर्व Bitcoin को !