नेपालमा bitcoin किन्नु-बेच्नु गैरकानुनी हो। तर bitcoin लाई प्रतिबन्द लगाउन कुनै पनि सरकारले सक्दैन। यी दुई वाक्य धेरैले बुझेका छैनन् र यसै कारण विभिन्न पत्र-पत्रिकाले bitcoin बारे गलत खबर छापेर नेपाली जनतालाई उल्लु बनाएका छन्। संसारमा २१ औं शताप्दीको सबै भन्दा ठूलो आविष्कार मानिएको bitcoin नेपाल सरकारका लागि भने गैरकानुनी छ ।
राणा शासनमा जनतालाई स्कूल पढ्न गैरकानुनी थियो; आफ्नै व्यापार गर्न गैरकानुनी थियो; ज्ञानेन्द्र राजाको पालामा फम रेडियो गैरकानुनी थियो । अनि धेरै जना चुप थिए । र अहिलेको सरकारको पालामा bitcoin गैरकानुनी छ। भ्रष्टाचारी र अशिक्षित सरकार सधै अघ्रगामी विचारहरुदेखि डराउछ। Bitcoin भनेको भ्रष्टाचारको अन्त्य हो; bitcoin भनेको आर्थिक पारदर्शिता हो; bitcoin भनेको सरकारको हातबाट पैसा बनाउने मसिन खोसेर जनतालाई दिनु हो; bitcoin भनेको नक्कली पैसाको अन्त्य हो; bitcoin भनेको कालोबजारी-हुण्डीको अन्त्य हो; bitcoin भनेको आर्थिक स्वतन्त्रता हो । पत्यार लाग्दैन भने bitcoin को अध्यन गर्नुहोस्। अनि सोच्नुहोस् – स्वतन्त्रता भन्ने चिज कसैले कोसेली दिदैन, यसका लागि लड्नु पर्छ।
सायद नेपालमा आर्थिक प्रगति निकै भएकाले होला; सायद ब्यापारमा केहि घाटा छैन होला; कसैले कर छलेको छैन होला, भ्रस्टाचार, हुण्डी तथा नक्कली पैसाको कारोबार सरकारले हटाईसकेको होला; सायद यस्तै कुरा देखेर नेपाल सरकारलाई bitcoin गैरकानुनी लागेको होला।
सन् २०१७ मा नेपाल राष्ट्र बैंकले bitcoin माथि प्रतिबन्धको घोसणा गरे लगतै नेपालमा चलेका नेपाली crypto एक्सचेंजहरु बन्द हुन पुगेका थिए । यसको तीन वर्ष बितिसक्दा पनि सरकारले bitcoin र crypto सम्बन्धी के-कस्तो अनुसन्धान गरेको छ र नेपाल सरकारको यसबारे के-कस्तो योजना छ कसैलाई पत्तो छैन । अध्यन-अनुसन्धान भनेपछि सायद सरकारलाई पनि जाँगर नआउदो हो !
सरकारको बिरुद्ध आफ्नो आर्थिक स्वतन्त्रताको लागि लड्नु पर्छ भन्ने लाग्छ भने bitcoin बारे शिक्षित बन्नुहोस् । तपाईलाई सडकमा आएर नारा लगाउनु पर्दैन। सरकारका मन्त्रीहरु धनी भए तर जनता गरिब भए भनेर खिन्न हुनुहुन्छ भने bitcoin तपाईकै लागि हो – bitcoin बारे शिक्षित बन्नुहोस् र अरुलाई पनि शिक्षित बनाउनुहोस् । Bitcoin बारे बुझेपछि तपाईलाई bitcoin किन्न मन लाग्न सक्छ, र त्यस्तो आँट पलाउदा bitcoin नेपालमै किन्न सकिन्छ। Bitcoin p२p टेक्नोलोजी हो; यसलाई कसैले प्रतिबन्द लगाउन सक्दैन; bitcoin को wallet बनाउनुहोस्, p२p बजारमा भरपर्दो मान्छे खोजेर bitcoin किन्नुहोस् ।आर्थिक स्वतन्त्रताका लागि लड्ने आँट सबैमा हुन्न तर यसो गर्दा सरकारले जेल हाल्न सक्छ – त्यसैले ध्यान दिनुहोला। तपाईले bitcoin किन्दा सरकारमा बसेर जथाभावी पैसा छाप्नेहरु डराउनु स्वाभाविकै हो |
नेपालमा bitcoin किन्ने तरिका:
- सर्वप्रथम, bitcoin बारे बुझ्नुहोस् – यसका लागि Andreas Antonopoulos को youtube videos हेर्नुहोस्, bitcointalk.org वा satoshi.nakamotoinstitute.org मा अध्यन गर्नुहोस्
- त्यसपछि bitcoin को वाल्लेट बनाऊहोस् – वाल्लेटबाट तपाई आफ्नो bitcoin को व्यवस्थापन गर्न सक्नुहुन्छ | वाल्लेटबारे पढ्नुहोस् र भरपर्दो वाल्लेटको प्रयोग गर्नुहोस्। हार्डवोयेर वाल्लेट बाहेक अरु वाल्लेट फ्री मा बनाउन सकिन्छ |
- Exchange हरुको बारे पढ्नुहोस् – नेपालमा p2p मार्केटको रुपमा paxful वा localbitcoin छन्। यसमा मान्छेलाई नै भेटेर bitcoin र पैसा साटासाट गर्ने हो। Binance जस्तो केन्द्रिय exchange पनि चलाउन सकिन्छ यदि तपाईलाई bitcoin बाट अन्य crypto किन्न मन छ भने ।
- अर्को तरिका यदि तपाई freelancer हुनुहुन्छ भने बिदेसी clients संग bitcoin मा पेमेन्ट माग्न सक्नुहुन्छ ।
Bitcoin किन्दा धेरै विचार पुराउनुपर्छ किनकि बजारमा ठगहरु पनि प्रसस्तै छन्। रातारात धनी हुने सपनामा bitcoin नकिन्नु होला; र bitcoin कसरी म्यानेज गर्ने थाहा छैन भने नाकिन्दा ठिक हुन्छ; पहिला सिक्नुहोस्-जान्नुहोस अनि मात्र ठगीबाट बच्न सकिन्छ ।
अर्को कुरा bitcoin लाई कानुनी मान्यता दिनुपर्छ भनेर सर्वच्चो अदालतमा रिट परेको पनि ३ वर्ष नागिसक्यो तर bitcoin बारे बुझ्ने वोकिल तथा न्यायेधिश भेटिएको छैन। वोकिल, न्यायेधिश, पुलिस तथा सरकारको कसैलाई bitcoin बारे बुझ्न मन छ भने हामीलाई इमेल गर्नुहोस् – खुल्ला वहसका लागि स्वागत छ ।