जब कसैले bitcoin वा कुनै crypto किन्छ, त्यो coin कहाँ हुन्छ? कसैले मसंग २ वटा bitcoin छ भन्नुको मतलब के हो? Bitcoin को आकार, प्रकार, रंग, तौल इत्यादी के-कस्तो छ?
यी कुराहरु सबैले बुझ्न जरुरी छ र आज हामी यसैको चर्चा गर्नेछौं।
पहिलो बुझ्न्नै पर्ने कुरा: जब तपाईंले crypto किन्नु हुन्छ, तपाईंसँग वास्तवमा हुने भनेको private र public key हो। Cryptocurrency भर्चुवल हो, सबै coin को ब्यालेन्स blockchain मै हुन्छ। मसंग २ वटा bitcoin छ भन्नुको मतलब मसंग खल्तीमा २ वटा गोला bitcoin का सिक्का छन् भन्ने होइन। यसको मतलव हो – मसंग एउटा private/public key छ जसले २ वटा bitcoin को कारोबार गर्न सक्छ।

अनि यो Wallet हरु भनेका के हुन् ? मैले bitcoin किनेर wallet मा राखेको छु भन्नु को मतलव के हो?
दोस्रो बुझ्न्नै पर्ने कुरा: कुनै पनि wallet हरुमा cryptocurrency को स्टोर हुँदैन। Wallet हरुले private/public key को म्यानेजमेन्ट गर्ने मात्र हो। Wallet को मद्दतले bitcoin blockchain संग सहज रुपमा अन्तर्क्रिया र कारोबार गर्न सकिन्छ।
तेसो भए मैले किनेको bitcoin कहाँ बसेको हुन्छ त ?
तपाईंको crypto सम्पत्ति शारीरिक रूपमा कहिँ पनि अवस्थित हुदैन, न त कुनै फोल्डरमा भण्डारण गरिएको हुन्छ, न त यसको भौतिक अस्तित्व नै हुन्छ । जब तपाईं आफ्नो फोनमा तस्वीर खिच्नुहुन्छ, त्यो तस्वीर फोनको मेमोरीमा भण्डार गरिएको हुन्छ एउटा फाइलको रुपमा । जब तपाईं gmail प्रयोग गर्नुहुन्छ तपाईंको कम्प्युटरमा तपाईंको ईमेलहरूको स्थानीय प्रतिलिपि हुन्छ। तर तपाईंले किनेको bitcoin एउटा private/public key हो जसले bitcoin नेटवर्कमा कारोबार गर्न सक्छ र यो जानकारी संसारभर कम्प्युटरहरूको नेटवर्कमा वितरित र प्रतिलिपि गरिएको हुन्छ।
त्यसै कारण आफूले किनेको bitcoin को private key अरु कसलाई भन्न हुँदैन। Wallet हरुको प्रयोग गर्दा सधै होस् पुराउनु पर्छ – बिस्वसिलो wallet ले मात्र आफ्नो private key को सुरक्षा गर्न सक्छ।