रुखमा फल फल्छ; धेरै भए पात फल्छ। तर “रमाइलोका लागि पैसा माग्दा” आमा-बाले होस् या “विदेशबाट फोन पठाईदेउ भन्दा साथी-भाईले नै होस् – “के पैसा रुखमा फलेको छ र?” भनेको नसुन्ने सायद्दै कोहि नेपाली होला।
रुखमा पैसा फल्दैन भने पैसा आउछ चै कसरी? यो कुरा न त हाम्रा स्कुलका मास्टरले पढाए न त घरका बा-आमाले नै ।
स्कुलमा जोड-घटाउ-घुणन-भाग सिकियो, नाफा-घाटा अनि कर तिर्न सिकियो अनि घरमा ठुला-वडाले पैसाको मुख कालो हुन्छ भन्दै महादेवको तेस्रो आँखाको कथा सुनाए । जिवनभर राम्रो शिक्षा र रोजगारीका लागि हामी दौडियौ, गरिबीबाट माथिको सपनाका लागि हामी दौडियौ। बाजेले अंक सिके होलान, आमा-बाले नाफा-घाटा बुझे होलान, हामीले chartered accountancy पढ़यौ होला। तर अँह, कुन रुखमा पैसा फल्छ – हामी आम जनतालाई पत्तो लाग्या छैन। यो कुरा बुझ्न हामीले सर्वप्रथम इतिहास हेर्नुपर्छ।
प्राचिनकालमा आफूसंग भएको सामान पैसाकोरुपमा प्रयोग गरिन्थ्यो। जस्तै आफूसंग भएको चामल दिएर अर्कोसंग भएको आलु लिने। यस्तो लेन-देनको चलन छिमेकी-नातेदार बीच त सबैलाई थाहा छ। तर बुझ्नु पर्ने कुरा के छ भने १ किलो चामल बराबर १ किलो आलु आउछ कि आउदैन? चामल भन्दा आलु मुल्यवान हो ? किन ? कसले भन्यो? – के पी ओलीले ?
यो चामल-आलुको उदाहरणमा कसको मूल्य धेरै भन्ने कुरा तेस्का ६ गुणहरूबाट बनेको हुन्छ जसको उपज हरेक वस्तुहरुको मूल्य निर्धारण हुन्छ।
१) टिकाऊ, २) एकरूपता भएको, ३) विभाजन गर्न मिल्ने, ४) सजिलै लैजान सकिने, ५) विरलै भेटिने र ६) सहज स्वीकार्य भएको
यही ६ गुणहरूले गर्दा दुध – पानी भन्दा महँगो भएको हो र सुन – चाँदी भन्दा महँगो भएको हो। यो सिद्धान्त प्राचिनकालदेखि चलिरहेको छ। जब समाज विस्तार हुदै गयो, मान्छेहरु लेन-देन गर्न देश-विदेश जानु पर्यो तब लेन-देन गर्नेमा छिमेकी-नातेदार नहुने भए – विस्वासको कुरा उठ्यो । तेसमाथि कपडाकोसट्टा भैसी बोकेर ल्याउन गाह्रो, भैसीको सट्टा सुन सक्कली-नक्कली चिन्न झन् समस्या। यसलाई समाधान गर्न पहिलेका राजाहरुले मुद्राको प्रचलन ल्याए। सुनका मुद्रा, चाँदीका मुद्रा चल्न थाले जसमा देशका राजाले तोक लगाउथे । हाम्रा बाजेहरुले मोहर भनेसी बुझ्छन होला यो कुरा।

मुद्राले एकरूपता ल्याए पनि विभाजन गर्न सजिलै लैजान समस्या नै थियो। सन् १८००- १९५० को युद्धहरुमा लाग्ने खर्च पैसा छिटो-छरितो बनाउन विश्वभर banknote को सुरुवात भयो। नोट बनाउदा सोहि मुल्य बरावरको सुन राष्ट्र बैंकमा (Central बैंक) धितो राख्ने चलन आयो। यहाँ सम्म आइपुग्दा पैसाको नियन्त्रण जनताको हातबाट राजा र बैंकको हातमा पुगिसकेको थियो। १०० रुपियाँको नोट बोक्दा त्यो कागज मात्र नभई सोहि १०० वरावर को सुन सरकारले राष्ट्र बैंकमा धितो राखेको छ भन्ने विश्वास हुन्थ्यो। तर सन् १९७२ पछि सरकारले राष्ट्र बैंकमा धितो नराखी पैसा प्रिन्ट गर्न सुरु गर्यो। हामी संग भएको खल्तीको पैसा आज केवल एउटा कागज हो। र यो कागज बैंक र सरकारको विश्वासमा मात्र टिकेको छ।
” श्री
नेपाल राष्ट्र बैंक
नेपाल सरकारको जमानत प्राप्त
यसको रुपैयाँ भुक्तानी माग्न आएमा
नेपाल राष्ट्र बैंकबाट २०
रुपैयाँ बीस
तुरुन्तै पाईनेछ “
नोटमा lekhiyeko यहि कुरा सबैले बुझ्न जरुरी छ। यो केवल एउटा special कागज हो जुन सरकार र बैंक मिलेर प्रिन्ट गर्छन जसको मूल्य विश्वासमा टिकेको छ। एउटा कमिलालाई सरकारले यो घोडा हो, जसले यो कमिलावाला घोडा किन्छ तेस्ले घोडा वरबरको मुल्य पाउछ भने जस्तै कुरा हो । तेसमाथि कमिलालाई घोडा declare गर्ने authority सरकार र बैंकको मात्र। रोल्पाको श्यामको कमिला फेरी कमिला नै हो, घोडा होइन रे !
यहाँबाट पैसाको पावर सरकार र बैंकको हातमा गयो भन्ने मात्र समस्या होइन, यहाँबाट गरिब र धनी भन्ने कुराको सुरुवात भएको छ। स्कुलमा गरिब र धनी बीचको खाडल शिक्षा र रोजगारको कमीले भनेर पढाउनु गलत थियो। स्कुलका किताबहरुमा लेखिनुपर्छ – पैसाको प्रिन्टिंग मेसिन कसले लुकाएको छ? तिमी दिन-रात गरेर कामबाट १००० रुपैयाँ कमाउला उता सरकारले पैसा चाहियो भनेर १ सेकेन्डमा १० रुपैयाँको मसि र कागजले १००० रुपैयाँ प्रिन्ट गर्छ । तिमी १०० रुपैयाँ बैंकमा राखौला, बैंकले तेही १०० को ९० रुपियाँ अर्कोलाई लोन दिन्छ। तिमी बैंकबाट १ लाखको लोन मागौला, बैंकले १ लाख अंक टाईप गरेर हावाबाट नयाँ १ लाख मुल्यको पैसा उत्पादन गर्छ।
यति हुदा-हुदै पनि हामी किन आर्थिक स्वतन्त्रताको कुरा गर्दैनौ? जोड-घटाउ-घुणन-भाग, नाफा-घाटा अनि कर मात्र सिकेर पुग्छ र? जीवनभर पैसाले यस्तो भयो, पैसा नभएर उस्तो भयो भन्नुभन्दा पैसा के हो र कसले कन्ट्रोल गरेको छ भन्नेवारे कहिले बुझ्ने? के बेला भएन र अब ? भ्रस्टचारी सरकार र बैंकहरुको हातबाट आर्थिक स्वतन्त्रताको आन्दोलन कहिले गर्ने? कसरी गर्ने? अर्को article मा हामी पहिलो option बारे कुरा गर्नेछौ – कुरा Bitcoin को !